प्रदेश र स्थानीय तहका निर्णयहरू राजपत्रमा छाप्न र कार्यान्वयन गर्न ढिलाइ हुँदैन: मन्त्री जोशी

धनगढी बाट राजपत्र छाप्न सुरु

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी धनगढी बाट राजपत्र छाप्न सुरु

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी धनगढी बाट राजपत्र छाप्न सुरु गरेको छ ।

आज मङ्गलवार एक कार्यक्रमका बिच प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम अन्तरगत २७ लाख ८० हजारमा खरिद गरी भित्र्याइएको उक्त मेसिन सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले मुद्रण मेसिनको पूजापाठ गरी उद्घाटन गरेकी हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरे सँगै आज देखि राजपत्र छाप्ने काम पनि सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सो अवसरमा बोल्दै यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाँधेता रहेको भए पनि मेसिन जडान सँगै उक्त समस्या हटेको बत्ताइन् ।

मन्त्री जोशीले यसअघि काठमाडौँको मुद्रणले राजपत्र छपाई मा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको बताइन् । उनले भनिन –‘मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णयहरू छपाई गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो ।’

उनका अनुसार प्रदेश सरकारका दर्जनौँ कागजपत्र मुद्रण विभागमा महिनौँदेखि छपाइका क्रममा रहेको बताइन । उनले भनिन –‘अव प्रदेशमै मेसिन आइसकेको छ । प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरू यतै छापिने छ ।’ उनले प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने बताइन । उनले भनिन –‘मेसिन ल्याएपछि समयमै प्रदेश सरकारका निर्णयहरू राजपत्रमा छापिने र कार्यान्वयन पनि छिटो छरितो हुने छ ।’

मुद्रण मेसिन जडान
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जडान गरेको मुद्रण मेसिन

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार