नेपाली सेनाले धनगढीका सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने

सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने

सेनाका बख्तरबन्द गाडी
बख्तरबन्द गाडी धनगढी चौराहा

नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।

काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् ।

सडकमा नेपाली सेनाकाे बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्यथा नलिइकन अभ्यासका रूपमा बुझ्न पनि सेनाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार