कसरी भयो दुवै डाेज खाेप लगाएकी गौरिकालाई कोरोना संक्रमण ?

गौरिका सिंहलाई कोरोना संक्रमण

गौरिका सिंहलाई कोरोना संक्रमण
तस्बिर : गाैरिकाकाे फेसबुकबाट।

काठमाडौं: सागकी स्वर्णधारी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएकाे छ । नेपालकी पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् ।

कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । उनका अनुसार दुवै डाेज लगाएपनि काेराेना देखिएकाे हाे ।

“मैले दुवै डाेज खाेप लिएकी थिएँ र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । म अहिले सरकारी मापदण्ड अनुसार १० दिनका लागि आइसाेलेसनमा छु,” उनले भनेकी छन् ।

गत महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा गौरिकाले नेपालबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार