धेरैको कञ्चनपुरको भाइरल रोडमा सेल्फी खिच्ने सपना चकनाचुर, त्यहाँ घुम्न स्थानीय प्रशासनको रोक

भाईरल रोडमा घुम्न आइतबार १३ गतेबाट बन्द हुने

कञ्चनपुरको भाइरल रोड

कञ्चनपुर: कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुल जोडन बनाइएको छ लेनको कालो पत्रो सडकमा आइतबार १३ गतेबाट बन्द हुने भएको छ ।

टिकटकमा भाइरल भएसँगै भाइरल रोडका नामले चिनिएको उक्त महाकाली रोडमा दैनिक हजारै आन्तरिक पर्यटनहरूको घुइँचो लाग्ने गरेपछि कोरोनाको तेस्रो लहरको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार १३ गतेबाट बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले मानिसहरूको अत्यधिक भिड हुने गरेका कारण कोरोनाको तेस्रो लहर फैलिने जोखिम सँगै अपराधीक घटनामा वृद्धि हुने गरेको र पुल निर्माण र बाटो निर्माण कार्यका लागी मालवाहक सवारी सञ्चालनमा समेत अप्ठेरो भएपछि भाद्र १३ गते आइतबारबाट महाकाली रोडमा आवतजावत र भेला हुने कार्यमा प्रतिबन्ध लगाइएको बताउनुभएको छ ।

महाकाली नदी छेउको उक्त छ लेनको रोड सामाजिक सञ्जालमा भाइरल भएपछि रोड नै भाइरल रोडका नामले चिनिएको छ । मानिसहरूको आवागमन बढेपछि स्थानीय मानिसहरूले विभिन्न नास्ता पसल सञ्चालन गरी राम्रो आम्दानी गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार