पत्रकारहरूमाथि भएको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेशको ध्यानाकर्षण

पत्रकारहरूमाथि भएको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेशको ध्यानाकर्षण

धनगढीः समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलबारी खबरका संवाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की आएको प्रति नेपाल पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेशले ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।

बुधवार भएको सो घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष हिमालय जोशीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा समाचारको विषयलाई लिएर भएको उक्त घटना अपराभिक क्रियाकलाप भएको ठहर गरिएको उल्लेख गरिएको छ ।

No description available.

त्यस्तै, सो घटना सामान्य नभई गम्भीर घटना भएको ठहर गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले घटनामा संलग्न गिरिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय सँग जोडदार माग गरेको छ । पत्रकारहरूको सुरक्षा प्रति संवेदनशील हुन सम्बन्धित निकाय सँग अनुरोध गर्दै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावल द्वारा जारी विज्ञप्ति जस्ताको त्यस्तै:

May be an image of text

फूलबारी सब डिभिजन बन मातहतको सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीले सामुदायिक बनको गोलिया नियम विपरीत अध्यक्षले लगेको भन्ने समाचारका विषयमा मिडियामा लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

अध्यक्ष गिरीले फोन गर्दै आफू भएको ठाउँमा बोलाउँदै पत्रकारलाई अपशब्द प्रयोग गरेका छन् । तत्काल आफूले भनेको ठाउँमा उपस्थित नभए आफ्ना केटाहरू परिचालन गरी हातखुट्टा समेत भाँचिदिने धम्की दिएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार