कैलाली र कञ्चनपुरमा लम्बाइयो निषेधाज्ञा, आदेशमा के छ ?

कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लम्बाइयो

धनगढीः कञ्चनपुरमा जारी निषेधाज्ञा भदौ २० गते सम्मका लागि पुनः थपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आजसम्म जारी निषेधाज्ञालाई लम्ब्याई २० गतेसम्म थप गर्ने निर्णय भएको बताउनुभयो ।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ ।  भने अत्यावश्यक सवारी साधन, सरकारी, निजी तथा मालवाहक लगायतका सवारीसाधन सञ्चालन गर्न पाइने छ । अत्यावश्यकीय बाहेकका सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

No photo description available.

त्यस्तै, कैलालीमा जारी निषेधाज्ञा अर्को आदेश नभए सम्मका लागि निरन्तरता दिईएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश नआएसम्मका लागि  निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

कोरोना संक्रमणदर बढ्दैगईरहेको परिपेक्ष्यमा जीवनयापनलाई समेत क्रमश सहज गर्दै जाने र कोभिड-१९ को संक्रमण समेतलाई नियन्त्रण गरी जनताको जीवन रक्षाका लागि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निरन्तरता दिईएको जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको  अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यस अघि जारी गरेको  निषेधाज्ञा आज राती १२ बजे सकिदै छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार