कैलाली मोहन्याल गाउँपालिकामा भरुवा बन्दुक सहित १ जना पक्राउ

कैलाली मोहन्याल गाउँपालिकामा भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् ।

धनगढी: कैलाली मोहन्याल गाउँपालिकामा भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् ।  प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका ६ का गंगाराम जैशीलाई एक थान एक नाले बन्दुकसहित पक्राउ गरेको छ। ५० वर्षीय जैशीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।

जैशी सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुकसहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार