कैलालीमा बाढी बस्तीमा पसेपछि १३८ घर डुबानमा, सचेत रहन प्रहरीको आग्रह !

सावधानी अपनाउनु हुन अनुरोध

कैलालीमा नदी बस्तिमा पसेपछि
फाइल तस्बिर

धनगढी: कैलालीमा नदी बस्तिमा पसेपछि १३८ घर डुवानमा परेका छन । पथरैया नदीमा आएको बाढी जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा पस्दा १३८ घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  • कहाँ के भयो ?

विगत केही दिन देखि परिरहेको अविरल वर्षाका कारण यस कैलाली जिल्लाका विभिन्न स्थानहरूमा डुबान पर्ने, बाढी आउने, पहिरो खस्ने तथा नदी, नाला, खोलाहरूमा पानीको सतह बढ्न गई जनजीवन प्रभावित हुनुका साथै निम्नानुसारको जनधनको समेत क्षति भइरहेकोले सबैमा पूर्व सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलाली आग्रह गरेको छ ।

बिहीबार भजनी नगरपालिका वडा नं. ५ स्थित कान्द्रा नदिमा पानीको सतह बढ्न गई उक्त नदी छेउछाउका जमिन कटान गर्नुको साथै जोखिममा रहेका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

उक्त नदीमा बढेको पानीको सतह तथा बहावका कारणले घोडाघोडी नगरपालिका वडा नं. १२ बनबर्शा स्थित जमिन कटान गरी क्षतिपुर्या एको, बर्सातकै कारण लम्किचुहा नगेपालीका वडा नं. ३ मा साँझको रुख घरमा ढल्न गई १ घर पूर्ण रूपमा क्षति हुनुका साथै २ जना घाईतेभई स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्यस्तै, जानकी गाउँपालिका वडा न. ४ कागिर्धरपुर, टावर टोल, बेलपुर र ऐ. वडा नं. ७ का जवलपुर, शंकरपुर र फरैलाका गरी जम्मा १३८ घरधुरी डुबानमा परी प्रभावित भएका छन् भने सोही वर्षाका कारण शुक्रवार चुरे गाउँपालिका वडा नं. ३ स्थित सहजपुर र वडा नं.५ स्थित खानिडाडा अन्तर्गत पर्ने भीम दत्त राजमार्गमा रुख तथा पहिरो खस्न गई सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको र सबै स्थानहरूमा नजिकको प्रहरी टोली खटी गई आवश्यक समन्वय तथा उद्धार कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार