थारु लोक पर्व ‘अस्टिम्की’ काठमाडौँमा मनाइने

थारु लोक पर्व अस्टिम्की

अस्टिम्की

धनगढीः थारु इतिहास बोकेको थारु लोक पर्व ‘अस्टिम्की’ काठमाडौँमा बसोबास गर्ने थारु हरू ले बिजुली बजार मा अवस्थित कृस्टल पार्टी प्यालेस मा भव्यता का साथ मनाउने भएका छन् ।

घर देखि टाढा प्रदेश मा रहँदा आफ्नो सामुदायिक परम्परा र सस्कृती लाई कायमै राख्ने उद्देश्य ले थारु समुदाय ले यहाँ पनि सम्पूर्ण विधि अनुसार अस्टिम्की मनाउन लागेको अस्टिम्की व्यवस्थापन समितिका संयोजक शिव चौधरी ले बताउनु भयो।

परम्परा र विधि लाई जिवान्त राख्न को लागि १३ गते भिन्सर्या खाने १४ गते दिन भरी भोकै बसी साँझपख अस्टिम्की लाई समस्त समुदाय का बिच अस्टिम्की उल्लासमय माहोल मा टिकिने छ। १५ गते बिहान विधि अनुसार अस्टिम्की अस्राउने र आफ्नो घर मा फरहार गरिने कार्यक्रम रहेको प्रचार प्रसार समिति संयोजक यम चौधरीले बताउनु भयो।

कार्यक्रम लाई थप उत्साह र उल्लास को साथ मनाउन को लागि थारु समुदाय मिलेर अस्टिम्की बनाउने, गीत गाउने , मादल बजाएर परम्परागत झुम्रा नाच गर्ने, विभिन्न किसिम को परम्परागत गीत तथा आधुनिक गीत गाउँदै हर्ष उल्लासमय वातावरण हुनेछ । यो कार्यक्रम लाई सभ्य र भब्री बनाउन को लागि अनि थारु परम्परागत पहिचान दिन को लागि शिव चौधरी को संयोजकत्व मा एक मूल समिति र विभिन्न उपसमिति बनाइएको छ।

दिनेश चौधरी को संयोजकत्व मा ४ सदस्य रहने गरी आर्थिक ब्यावस्थपन तथा परिचालन उपसमिति, यम चौधरी को संयोजकत्व मा ४ सदस्य प्रचार प्रसार समिति, अन्जु चौधरी को संयोजकत्व मा ४ सदस्य सांस्कृतिक तथा मनोरञ्जन उपसमिति बनाइएको छ ।

त्यसै गरी गीता चौधरी को संयोजकत्व मा ४ सदस्य हल तथा अस्टिम्की चित्र ब्यास्थपन उपसमिति र कार्यक्रम लाई सभ्य र भव्य बनाउन को लागि प्रताप पलपरिया चौधरी को संयोजकत्व मा ४ सदस्य स्वयंसेवक उपसमिति बनाइएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार