जसपा लाई वैकल्पिक पार्टीका रूपमा खडा गर्ने गरी काम गर्न नेता भट्टराईको निर्देशन

डा. बाबुराम भट्टराई

धनगढीः जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई वैकल्पिक पार्टीका रूपमा खडा हुने गरी काम गर्न पार्टी पङ्क्तिमा निर्देशन दिनुभएको छ ।

नेता भट्टराईले शुक्रवार धनगढी स्थित ओम प्यालेसमा जसपाको केन्द्रीय समितिद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै पार्टी पङ्क्तिमा निर्देशन दिनुभएको हो ।

जसपाको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा बाल्दै नेता भट्टराईले विभिन्न पार्टी पङ्क्ति मिलेर बनेको आफ्नो पार्टीलाई सशक्त बनाउन गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीहरूको मिश्रण बनाएर घर निर्माण गरे जस्तै जसपालाई अबको चुनावमा वैकल्पिक शक्ति बनाउन नेता कार्यकर्ताहरूले पार्टीको नीति कार्यक्रममा आधारित रही आफूहरूलाई परिचालित गरी पार्टी लाई एक ढिक्का बनाएर वैकल्पिक पार्टीका रूपमा खडा गर्ने गरी काम गर्न पार्टी नेतृत्व तह लाई निर्देशन दिनुभएको छ ।

आज जसपाको सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी स्थित ओम प्यालेसमा जसपाले प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा जनता समाजवादी पार्टीमा (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, सुदूरपश्चिम प्रदेशका पर्टि नेतृत्व, केन्द्रीय सदस्यहरू लगायत जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार