बुधवार स्यानिटाइजर पिएका धनगढीका एक जनाको उपचारका क्रममा मृत्यु

सेनिटाइजर पिएका एक जनाको मृत्यु

मृत्यु

धनगढी: कैलालीमा सेनिटाइजर पिएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए ।

त्यहाँ उनलाई स्लाइन चढाइएको थियो । समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुलेको प्रहरीले बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार