मोहना नदी तर्ने क्रममा बगेर एकजना बेपत्ता

नदीमा बगेर एकजना बेपत्ता

कैलालीको मोहना नदी
फाइल तस्बिर

धनगढी: कैलालीको मोहना नदीमा तर्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा धनगढी उपमहानगरपालिका -३ का पुरन राना बगेर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बेपत्ता भएका रानाको खोजी कार्य भइरहेको जानकारी दिए ।

अविरल वर्षापछि आएको बाढीले मोहना नदीमा झण्डै ७ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुलसँग जोड्ने पहुँच मार्ग बगाएको छ भने स्काइ फोल्डिङ पुलसँग जोड्ने मार्गमा पनि क्षति पुगाएकाले आवतजावत रोकिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार