महिलाहरूको अस्तित्व समाप्त पार्न खोजिदै छ: मन्त्री जोशी

म्युजिक भिडियोहरूमा महिलाहरूलाई अर्धनग्नरुपमा प्रस्तुत गर्न लगाएकोमा दुःख व्यक्त

उपभोक्ता बादले जति सुन्दर बनाएको छ, त्यति नै महिला हिंसाका घटना भएका छन्: मन्त्री जोशी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले उपभोक्ता बादले महिलालाई जति सुन्दर बनाएको छ, त्यति नै महिला हिंसाका घटना बढी भएको बताउनु भएको छ ।

शनिवार धनगढीमा प्रदेश स्तरीय सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य नीति सम्बन्धी छलफल गर्न अन्तर पार्टी सञ्जाल केन्द्रीय कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जोशीले सो कुरा बताउनुभएको हो ।

धनगढी स्थित रुबस होटेलमा आयोजित सो कार्यक्रममा आफ्नो धारणा राख्दै सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य सिधै व्यक्तिको स्वास्थ्य सँग मात्र नभई परिवार र समग्र राष्ट्र सँग जोडिएको विषय भएकोले एउटा महिला स्वास्थ्य भएमा सिङ्गो राष्ट्र स्वास्थ्य हुने बताउनु भयो ।

मन्त्री जोशीले कानुन निर्माण गरेर मात्रै महिलाले भोग्नु परेका समस्याहरू समाधान नहुने बताउँदै बनेका नीति नियम तथा कानुनहरूको कार्यान्वयन गर्नु पनेमा जोड दिनुभयो ।

त्यस्तै, मन्त्री जोशीले उपभोक्ता बादले महिलालाई जति सुन्दर बनाएको छ, त्यति नै महिला हिंसाका घटना पनि बढी भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘उपभोक्ता बादले जति धेरै महिलाहरूलाई सुन्दर बनाएको छ त्यति धेरै हिंसाका घटनाहरू पनि भाका छन्, यो खालका कुराहरूमा हामीले चेतना आउने खालका काम गर्नु पर्छ ।’

त्यसै गरी मन्त्री जोशीले पछिल्लो समय विभिन्न विज्ञापन कम्पनीहरूले निर्माण गर्ने विज्ञापन र संस्कृति तिज चाडबाडका नाममा सार्वजनिक गरिने (म्युजिक भिडियो) चलचित्रहरूमा महिलाहरूलाई अर्धनग्नरुपमा प्रस्तुत गर्न लगाएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले हाम्रा महिला दिदी बहिनीहरूले पनि त्यस्तो गर्न किन उत्साहित हुनुभएको भन्दै प्रश्न गर्दै त्यस्ता कार्यहरूले महिला, छोरी चेलीहरूको अस्तित्व समाप्त पार्न खोजिएको आरोप समेत लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘सिमेन्ट लगायतका बल प्रदर्शन गर्ने विज्ञापन निर्माण गर्दा पुरुषलाई प्रस्तुत गर्ने अनि बियर, दारु ‘सर्भ’ गर्ने क्रममा महिला, युवतिहरू देखाइएको छ । त्यो पनि आधा जिउको नाङ्गो । तिज सुरु भएको छैन, अहिले एक महिना अगाडि देखी आधा शरीर नङ्ग्याएर छड्के तिलहरीमा छम्म-छमी नचाहिँदै छ । महिला दिदी बहिनीहरू पनि किन जानु भा त ? यो खालका कुराहरूमा हामीले आफैबाट सुधार ल्याउन जरुरी छ ।’

साथै छलफल कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि महिलाहरूको सबै क्षेत्रमा समान पहुँच र सुरक्षित मातृत्वको तथा सफल भविष्यको लागी कानुन निर्माण गरी फ्लोर भित्र मात्रै गरिने बहसले कुनै अर्थ नराख्ने र बनेका नीति नियम यथाशीघ्र कार्यान्वयनको चरणमा लग्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता देवी चौधरी, प्रदेश सभा सदस्य भरत बहादुर खड्का, तारा लामा तामाङ, दुर्गा बिक र अन्तर पार्टी सञ्जालका प्रदेश तथा जिल्ला प्रतिनिधि लगायतका अन्य व्यक्तिहरूको सहभागिता रहेका थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार