स्वर्गिय पत्रकार जेपी जोशीकी छोरीलाई एक्सिस विद्याश्रमले निःशुल्क पढाउने

एक्सिस विद्याश्रमले स्वर्गिय पत्रकार जेपी जोशीकी छोरीलाई निःशुल्क पढाउने

धनगढी: अज्ञात समूहद्धारा मारिएका पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीले आफू जस्तै अन्यायमा परेकाहरुका पक्षमा लड्न आफूले कानून विषय पढन थालेको बताएकी छन् । धनगढीको एक्सिस विद्याश्रमले १४ वर्ष अघि मारिएका जोशीको छोरी पूजालाई निशुल्क पढाउने घोषणा गरेको कार्यक्रममा आइतबार म र मेरो परिवारले जस्तै अन्याय भोग्नु नपरोस त्यस्ता असाहय परिवारलाई साथ दिन सकु भनेर कानून विषय छानेको बताईन् ।

यसैवर्ष ३।५ जिपिए ल्याएर एसीइ पास गरेकी जोशी एक्सिसमा कानून संकायमा पढ्ने भएकी छन् । हामी अभिभावकविहिन, विपन्न र जेहेन्दारलाई पढाउदै आएका छौ त्यसैमा नेपाल पत्रकार महासंघको आग्रहमा पूजालाई पनि पढाउने भएका हौ एक्सिसका सञ्चालक अनिता पन्तले बताइन् ।

सञ्चालक पन्तका अनुसार अहिले कानून पढ्नेको संख्या बढेको छ । पन्तले भनिन कानून पढ्दा आत्मवल बढने विश्वास विद्यार्थीमा छ । पन्तले आफ्नै छोरीलाई पनि एक्सिसमा नै कानून पढाइरहेकी छन् ।

पूजालाई कक्षा ११ र १२ पढ्न झण्डै एक लाख खर्च हुने स्थिति थियो उनले कानून नै पढ्ने भनेपछि हामीले एक्सिसलाई आग्रह गरेर निशुल्क पढाउने व्यवस्था गरेका हौ पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले बताए । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ ।

सो अवसरमा महासंघका केन्द्रीय सचिव हेमकर्ण विक र जिल्ला अध्यक्ष हिमालय जोशीले पूजालाई निशुल्करुपमा पढ्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरे । सो अवसरमा धनगढीका सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गिय जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेष्ट बोर्डिङ स्कुलले निशुल्क पढाउने व्यवस्था गरेको प्रिन्सिपल स्माइल चौधरीले बताए । जोशी ०७४ पुसमा अत्तरियाबाट बेपत्ता भएका थिए भने त्यसको एक महिनापछि उनको कंकाल अत्तरिया नजिकैको जंगलमा भेटिएको थियो । यद्यपी उनको डिएन टेस्ट मिलेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार