धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण घोषणा

माघ अन्तिम साता देखि प्रतियोगिता सञ्चालन गरिने

धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण घोषणा

धनगढी: धनगढीमा ”लिटल फ्लावर प्रिमियर लिग” विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण २०७८ माघ अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स पा.लिले माघ अन्तिम साता देखि प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।

क्रिकेटको सहरका नामले परिचित धनगढीमा क्रिकेट खेलको विकास, विस्तार र यस खेलप्रति जनचेतना बढाउन स्कुल प्रतियोगिता महत्त्वपूर्ण हुने भन्दै इभेन्ट्सले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । आइतबार पहिलो औपचारिक पत्रकार सम्मेलन गर्दै लिटिल फ्लावर प्रिमियर लिग छैटौँ संस्करणको सम्पूर्ण तयारीमा जुटेको इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

उनले कोभिड–१९ ले सृजना गरेको त्रासलाई मध्यनजर गरी सुरक्षाका मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गरिन लागिएको बताए । प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् । देशभरका करिब १० विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने शाहीले बताए ।

उत्कृष्ट खेलाडीलाई भने २० हजार पुरस्कार रहेको छ भने उत्कृष्ट बलरलाई १० हजार,उत्कृष्ट ट्यास्स म्यानलाई १० हजार,र उदयमान खेलाडीलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाइको छ । प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार धनगढीको गुरुजी सटिङ एण्ड सुटिङले प्रयोजन गरेको जनाएको छ ।

यस्तै प्रतियोगिताको एजुकेसन पार्टनरमा कैलालीको गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की रहेको छ । यस्तै यस्तै केक पार्टनरको रूपमा आँगन केक्स धनगढी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार