SKIP THIS

 sodhpatra.com डिजिटल पत्रिका हार्दिक शुभकामना !

मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना व्यक्त !

त्रिलोचन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा मौलिक पर्वका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।

उहाँले सन्देशमा भन्नुभएको छ, अहिले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा स्वास्थ्यसम्बन्धी सजगता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरा पर्वलाई खुसीयालीका साथ मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

साथै, उहाँले परापूर्व कालदेखि मनाइँदै आएको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्त्व रहेको गौरा पर्वले प्रदेशवासीबिच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम रहोस् भन्ने शुभेच्छाको कामना गर्नु भएको छ ।

May be an image of text

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार