जिम्बावेका कप्तान राजाले विराटनगरबाट इपिएल खेल्ने

जिम्बावेका कप्तान राजा

जिम्बावेका स्टार अलराउन्डर तथा टि२० कप्तान सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

विराटनगर वारियर्सले सोमबार सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम सार्वजनिक गरेको छ । राजा जिम्बावेका स्टार अलराउन्डर हुन् ।

उनले जिम्बावेबाट १७ टेस्ट, १ सय ५ ओडिआई, ४२ टि२० आई र १ सय १७ टि२० क्रिकेट खेलेका छन् । राजाले सन् २०१८ को एकदिवसिय ग्लोबल विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा ६ चौका र ९ छक्का सहित १ सय २३ रनको आक्रामक शतकीय इनिङ खेलेका थिए । राजाले पछिल्लो समय टि२० टोलीको कप्तानी गर्दै आएका छन् । यसअघि २०१८ मा राजा इपिएलमा काठमाडौं किंग्स–११ मा अनुबन्ध भएपनि व्यक्तिगत कारण खेल्न आएका थिएनन् ।

३५ वर्षिय सिकन्दर तल्लोक्रममा आक्रमक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । राजाले टि२० खेलमा १२ अर्धशतकका साथ २ हजार ७५ रन बनाएका छन् । ४४ विकेट हात पारेका छन् । उनले टेस्टमा १ शतक, ८ अर्धशतक सहित कुल १ हजर ८ सय ८७ रन बनाएका छन् । टेस्टमा ३४ विकेट लिएका छन् । उनले ओडिआईमा ३ शतक र १७ अर्धशतक सहित कुल २ हजार ९ सय ४३ रन बनाउनुको साथै ६२ विकेट लिएका छन्

इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । फ्रेन्चाइज टोलीले तीव्र रुपमा तयारी अगाडि बढाएका छन् । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो । विराटनगरले फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले हराउँदै उपाधि जितेको थियो ।

उक्त खेलमा पारस खड्का प्लेयर अफ द म्याच चुनिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले इपिएल खेल्ने वा नखेल्ने अनिश्चित छ । विराटनगरबाट सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी लगायतका खेलाडी छन् । चितवनले अफगानिस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका दीनेश आजिज, मलेसिया विरनदीपसिंह र श्रीलंका सिक्कुगे प्रसन्नाको नाम सार्वजनिक गरि सकेको छ ।

काठमाडौंले पाकिस्तानका शाहिद अफ्रिदीको नाम सार्वजनिक गरेको छ । भैरहवाले श्रीलंका दीनेश चान्डिमलको नाम सार्वजनिक गरेको छ । ललितपुरले इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको छ । पोखरा राइनोजले भने कुनैपनि विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार