राष्ट्रिय सरोकार मञ्च नेपालको कैलाली जिल्ला समिति गठन

राष्ट्रिय सरोकार मञ्च नेपाल

राष्ट्रिय सरोकार मञ्च नेपाल कैलालीको जिल्ला समिति गठन

धनगढीः राष्ट्रिय सरोकार मञ्च नेपालको कैलाली जिल्ला समिति गठन भएको छ । चन्द्रकान्त पनेरुको अपस्थितिमा राष्ट्रिय सरोकार मञ्च नेपाल कैलालीको जिल्ला समिति गठन गरिएको हो ।

तदर्थ कमिटी गठन कार्यक्रममा जिल्ला सचिव प्रतीक जोशी, सेती महाकाली इन्चार्ज गोकर्ण ब. सिंह, केन्द्रीय सदस्य अरुण सिंहको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा रासम नेपालको पूर्व केन्द्रीय सङ्गठन विभाग प्रमुख धिरज बहादुर सिंहको समेत उपस्थिति रहेको थियो।

त्यस्तै, सो कार्यक्रमबाट कैलालीका रचित शाह को अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको छ। जिल्ला समितिको उपाध्यक्षमा मनिष खरेल, कोषाध्यक्षमा प्रज्वल पन्त, सचिवमा राम दत्त विष्ट, सह(सचिवमा भुवन मल्ल र प्रवक्तामा धिरज भट्ट लाई चयन गरिएको छ।

त्यसै गरी सदस्यहरूमा जोन विष्ट, घनश्याम विक र लक्ष्मण कठयतालाई चयन गरिएको छ । भने वरिष्ठ सल्लाहकारमा प्रेम ढुङ्गाना लाई नियुक्त गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार