सुदूरमा एमालेका १० सांसदले छोडे भीम रावलको साथ, नेकपा एसमा गरे सनाखत !

सुदूरपश्चिममा १० सांसदले छोडे एमाले

धनगढी: नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशका १० सांसदले सनाखत गरेका छन् । मंगलबार प्रदेशको निर्वाचन कार्यालय धनगढीमा १० सांसदहरु एकीकृत समाजवादीको नाममा सनाखत गर्न उपस्थित भएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन् । ती मध्ये १० जना प्रदेश सभा सदस्यहरु माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका हुन ।

प्रदेश निर्वाचन कार्यालय, धनगढीमा उपस्थित भइ सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मना कुमारी साउँद, प्रमुख सचेतक दुर्गा कामी, कुलविर चौधरी, अमर बहादुर साउद, बल बहादुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि आजै सनाखत गर्ने भनिएकोमा उनीहरु निर्वाचन कार्यालयमा उपस्थित भएनन् ।उनीहरु बुधबार सनाखत गराउने बुझिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सनाखतपछि प्रतिक्रिया दिदैं आज मात्रै अन्तिम दिन नभएका कारण २२ गते सम्म १५ जनाभन्दा बढी सांसदहरुले सनाखत गर्ने जानकारी दिइन् ।

निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार