रोनाल्डो र युनाइटेडबीच दुईवर्षे सम्झौता

पुरानै क्लबमा फर्कन पाउँदा रोनाल्डोद्धारा खुसी व्यक्त

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्केका छन् । युनाइटेडले मंगलबार आफ्ना पूर्वखेलाडी रोनाल्डोसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ ।  रोनाल्डोलाई भित्र्याउन युनाइटेडले १५ करोड युरो खर्चेको बिबिसीले जनाएको छ । ३६ वर्षीय रोनाल्डो स्न २००९ मा युनाइटेड छाड्दै स्पेनिस क्लब रियल म्याड्रिडमा कीर्तिमानी रकममा अनुबन्धित भएका थिए ।

रोनाल्डोले युनाइटेड छाडेयता म्याड्रिड तथा सिरिए क्लब युभेन्ट्सबाट खेले । गत साता युभेन्टस्सँग सम्झौता नवीकरण नगर्ने घोषणा गर्दै रोनाल्डोले फ्री ट्रान्सफर विन्डोमा समावेश गरेका हुन् । उनलाई भित्र्याउन इंग्लिस प्रिमियर लिगकै साविक विजेता म्यानचेस्टर सिटी पनि इच्छुक थियो । तर, प्रावधिक कारणले सिटीले रोनाल्डोलाई अनुबन्धित गर्न सकेन । त्यसपछि रोनाल्डोमाथि युनाइटेडले प्रस्ताव राखेको हो ।

तत्कालीन युनाइेटडका प्रशिक्षक सर एलेक्स फर्गुसनको पालामा रोनाल्डोले दुई सय ९२ खेलमा एक सय १८ गोल गरेका थिए । युनाइेटडमा ६ सिजन बिताउँदा रोनाल्डोले तीन प्रिमियर लिग, एकपटक युरोपियन च्याम्पियन्स लिग र दुई लिग कप जितेका थिए । यसैगरी उनले एक–एकपटक एफए कप, फिफा क्लब विश्वकप र कम्युनिटी सिल्ड जितेका थिए । रोनाल्डोले सम्भवतः ११ सेप्टेम्बरमा न्युकासल युनाइटेडविरुद्ध खेल्नेछन् ।

रोनाल्डोले युनाइटेडमा सात नम्बरकै जर्सी पाउने सम्भावना छ । अहिले यो नम्बरको जर्सी उरुग्वेन खेलाडी इडिसन काभानीले लगाएका छन् । काभानी पनि रोनाल्डोलाई सात नम्बरको जर्सी हस्तान्तण गर्न लालायित छन् । युनाइेटडका प्रशिक्षक ओले सोल्सायरले आफ्ना पुरान मित्र तथा वर्तमान समयका उत्कृष्ट खेलाडीसँगको सहकार्य रमाइलो हुने जनाएका छन् ।

पुरानै क्लबमा फर्कन पाउँदा खुसी लागेको रोनाल्डोले बताएका छन् । -यो समाचार नयापत्रिका दैनिकमा प्रकाशित छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार