कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय (समय तालिका सहित)

विद्यालयमै परीक्षा केन्द्र

राष्ट्रीय परिक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।

संगीत, ललितकला र संस्कृत विषय समूह  तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।  सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको थियो ।

ROUTINE

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार