मौसममा क्रमिक रुपमा सुधार हुँदै

मौसममा क्रमिक सुधार

मौसम सफा

पछिल्लो साता देशभर वर्षा भई बाढी पहिरो जस्ता समस्याले जनधनको क्षति समेत भएकामा हाल मौसममा क्रमिक रुपमा सुधार हुँदै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार  नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ  ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार