‘राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान’ बैतडीमा पनि [ फोटो समाचार ]

'राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान' बैतडीमा पनि
तस्बिर : जिल्ला प्रहरी कार्यालय बैतडी

बैतडी : राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान अन्तर्गत बुधवार बैतडीको दशरथचन्द नगरपालिका वडा न. ४ स्थित साहिलेकमा वृक्षारोपण गरिएको छ ।

बिहानै जिल्ला प्रहरी कार्यालयका २५ जना प्रहरीको टोलीले वृक्षारोपण गरेको हो । साहिलेकमा रहेको सशस्त्र प्रहरी सेनामूखको जमिनमा वृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी निरीक्षक दर्शन खडकाको नेतृत्वमा खटिएको टोलीले विभिन्न जातका १ सय ४० बोटबिरुवाहरू रोपेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

May be an image of one or more people and outdoors

बुधवार रोपिएका बोट बिरुवामा लप्सी, अम्बा, कागती, ओखर लगायतमा फलफूलका बिरुवा रहेका छन् ।बुधवार रोपण गरिएका बिरुवा जिल्ला बान कार्यालयको समन्वयमा ल्याएर रोपिएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

May be an image of २ people and outdoors

बुधवार रोपण गरिएका बिरुवाहरूको प्रहरीले नै बेला–बेलामा संरक्षण गर्नुका साथै नयाँ ठाउँमा समेत बोट बिरुवा रोप्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले विगतदेखि नै जिल्लाका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

May be an image of outdoors

प्रहरीले गाँजा नष्ट अभियान, लागु औषध दुर्व्यसनी न्यूनीकरण अभियान, मास्क वितरण अभियान लगायतका विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

May be an image of grass

May be an image of tree and grass

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार