कैलालीमा स्थानीय तहका जनप्रतिनिधि सँग प्रशासनको छलफल, खुल्लान् त विद्यालय ?

कैलालीको दुर्गालक्ष्मी मावि

धनगढी :  कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधि सँग छलफल भइरहेको हो ।

बिहीबारका लागि बोलाइएको बैठकमा विद्यालय सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । ‘काठमाडौं शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय भएपछि कैलालीमा पनि जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने ।

स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले यस अघि नै शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । सम्भवत: विद्यालय सञ्चालनको निर्णय हुने उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार