धनगढी: बिहीबार नेपाली सेनाले आफ्ना बख्तर बन्द गाडीलाई कैलालीका सडकमा निकालेको छ ।
बिहान साढे १० बजेको समयमा सेनाले धनगढीका सडकमा हतियारसहितका बख्तर बन्द गाडी कुदाएको हो ।
नियमित अभ्यास अन्तर्गत ३ वटा गाडी गुडाइएको हो । यसअघि नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै काठमाण्डौको सीता पाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगन्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्ने जनाएको थियो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ।
@sodhpatra BakhtarBAndaGadi धनगढीका मुख्य सडकमा उत्रिए सेनाका बख्तरबन्द गाडी #Nepalisena #dhagadhi