दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर, प्रशासनले किन उडाएको भन्दा आएन जवाफ ?

दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर

धनगढी : जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली आकाशमा अनुमति बेगर भारतीय हेलिकप्टरले पटक–पटक चक्कर लगाएपछि भारतीय पक्षलाई चिठी लेखेर पठाएको छ ।

बिहीबार प्रशासनले जिल्ला सुरक्षा समितिको बैठक बसेर भारत पिथौरागढस्थित जिल्ला अधिकारीलाई सम्बोधन गरेर चिठी लेखेको जनाएको हो ।

उक्त कार्य आपत्तिजनक रहेको भन्दै प्रशासनले खबरदारी गर्न चिठी लेखेको बताइएको छ । बिहीबार कयौँपटक भारतीय हेलिकप्टर नेपाली आकाशमा चक्कर लगाएको देखिएको थियो।

हाल दार्चुलामा बाढी पहिरोपीडितको उद्धार र राहत वितरणको काम भइरहेको र भारतीय हेलिकप्टर उक्त कार्यमा सामेल भएको बुझिए पनि त्यसरी पटक पटक चक्कर मार्नुपर्ने आवश्यक नै नरहेको प्रशासनको भनाइ छ ।

प्रशासनले जनाएअनुसार बिहीबार ७ पटकसम्म आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाएको थियो । तर, बिहीबार नेपालले चिठी लेखेपछि शुक्रबार भने हेलिकप्टर नदेखिएको प्रशासनले जनाएको छ । साथै, भारतबाट नेपालले लेखेको चिठीको जवाफ नआएको पनि प्रशासनले जनाएको छ ।

हाल दार्चुलाका जयसिंह धामी बेपत्ता बनाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै संलग्नतमा रहेको प्रतिवेदन सार्वजनिक हुनु र उक्त स्थानमा भारतीय हेलिकप्टर घुम्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार