वामदेव गौतमले दिए एमालेका सबै पदबाट राजीनामा

बामदेव गौतम

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । उनका स्वकीय सचिव दीपक टमटामार्फत पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई सबै पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

नेता गौतमले पार्टी अध्यक्ष ओलीलाई पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अवलम्बन नगरेको आरोप लगाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार