भारतीय हेलिकप्टर नेपाली आकाशमा उड्दा पनि चुइँक्क नबोल्ने कस्ता मुख्य मन्त्री, प्रधानमन्त्री हुन ?

हेमराज थापा
धनगढीः प्रखर वक्ता तथा युवा विद्यार्थी हेमराज थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवा लाई आकाशमा भारतीय हेलिकप्टर उड्दा पनि चुइँक्क नबोल्ने यी कस्ता मुख्यमन्त्री र कस्ता प्रधानमन्त्री हुन भन्दै प्रश्न गरेका छन् ।
थापाले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी स्थित बोलन्या थलीको सेटमा पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा सो प्रश्न गरेका हुन् ।
पछिल्लो समय भ्रष्टाचार, व्यथिति, विसङ्गति तथा राज्य, सरकारले गर्ने गरेका नकारात्मक कार्यहरूको आलोचना, खबरदारी गर्दै युवा पुस्ता माझ लोकप्रिय भइरहेका थापाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबिले तुइनको तार काट्दा जय सिंह धामीको मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट किन मूर्ति जस्तै नबोली बस्नुभएको भन्दै प्रश्न गरेका छन् ।
साथै थापाले भारतीय हेलिकप्टर नेपालको आकाश माथि उड्दा समेत केही बोल्न नसक्ने प्रधानमन्त्री यी हुन कस्ता ?  शेरबहादुर देउवाले बोल्न नसक्ने भए राजीनामा दिएर साहु खर्कमा खिर बेच्न गए हुन्छ ।  उनले भने, ‘हैन यी कस्ता प्रधानमन्त्री हुन्, कस्ता मुख्यमन्त्री ? नागरिक मारिदा पनि चुइँक्क बोल्न नसक्ने ? के मूर्ति बनेर बस्नलाई जनताले जिताएका हुन ?

थापाले नेताहरूले जनता र युवाहरूलाई विगत ७० वर्ष देखी ठग्दै आइरहेको हुँदा अब सबै युवाहरू लाई जागरूक, एकजुट भएर आवाज उठाउन आग्रह समेत गरेका छन् । बाँकी भिडियो मार्फत :  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार