SKIP THIS

धनगढी उप-महानगरपालिका

अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने भन्दै बीएएलएलबी अध्ययनरत विद्यार्थीहरूद्वारा केएमसीमा तालाबन्दी

तीन बुँदे माग राखेकोमा सुनुवाई नभएको आरोप

अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने भन्दै बीए एलएलबी अध्ययनरत विद्यार्थीहरूद्वारा केएमसीमा तालाबन्दी

धनगढी: बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले कैलाली बहुमुखी क्याम्पसमा तालबन्दी गरेका छन्। आफूहरुकाे माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन्।

क्याम्पस प्रशासन समक्ष बुधबार तीन बुँदे माग राखेकोमा त्यसको कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरिएको बीए एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी तेजजंग मल्लले बताए ।

विद्यार्थीहरुले कोभिडका कारण अनलाइनको माध्यमबाट पढाइ भएकाले प्रथम सेमेस्टरको परीक्षा पनि अनलाइन माध्यमबाटै हुनुपर्ने, परीक्षामा नेपाली र अंग्रेजी दुई वटै भाषालाई मान्यता दिनुपर्ने, सबै पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए।

ती मागहरु बीए एलएलबीका विद्यार्थीको मात्र नभएर सबै संकायका विद्यार्थीको संयुक्त माग भएको अर्का विद्यार्थी पारस कठायतले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार