गणतन्त्र स्थापनामा ‘प्रचण्ड’ को योगदान महत्त्वपूर्ण छ : मौलाना मशहूद

गणतन्त्र स्थापनामा प्रचण्ड को योगदान महत्त्वपूर्ण छ मौलाना मशहूद

कृष्णनगर / कपिलवस्तु : कपिलवस्तुको कृष्ण नगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरी वडा कमिटी गठन गरेको छ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे अतिथि लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्ण नगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रिय मदरसा सङ्घ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए।
कृष्ण नगर नगरपालिका वडा नं. २मा रहेको मुस्लिम सामुदायिक हालमा वडा नं. १,२,३को संयुक्त भेला गरी ११/११ सदस्यीय वडा कमिटी गठन गरेका छन्।

उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना मान्छेहरूको सर्व सहमति बाट वडा नं.१को अध्यक्ष सेराज अहमद खां वडा नं.२को अध्यक्ष अजय गोयल (डब्बु) वडा नं.३को अध्यक्ष खुर्शेद आलम खाँलाई निर्विरोध निर्वाचित गरेको नगर सचिव बन्जाडेले बताएका छन्।

नवनियुक्त पदाधिकारीहरूलाई प्रमुख अतिथि बन्जाडेले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा बसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पूर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्ने निर्देशन दिँदै नवनियुक्त पदाधिकारी हुलाई शपथ समेत खुवाउँदै कृष्ण नगर शिक्षा, स्वास्थ्य, बाटो घाटो, कृषि लगायत अन्य विषयमा पिछडी परेको क्षेत्र हो यो क्षेत्रलाई नेकपा माओवादी केन्द्र बाहेक अरू कसैले अगाडी लैजान सक्दैन माओवादी केन्द्रले गरेको आफ्नो चुनावी घोषणाहरू सके सम्म पुरा गर्दै आइ रहेको छ गरिब असहाय दलित आदिवासी जनजाति तथा मुस्लिम समुदायको हक अधिकारका दिलाउनको लागि सुरु देखि माओवादी केन्द्रले लड्दै आएको छ र हक अधिकार दिलाउनमा सफलता पनि पाएको। आज नवनिर्वाचित कामरेडहरु यदि कृष्ण नगरको उद्धार गर्न छ भने आजै देखि योजना‌‌ बनाई आआफ्नो स्तरबाट माओवादी केन्द्र लाई बलियो बनाउनु पर्ने अवस्था रहेको कुरा प्रमुख अतिथि बन्जाडेले बताए ।

उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिँदै नवनियुक्त पदाधिकारीहरू लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत दिए।

सदियो देखि नेपालमा चल्दै आएको राजतन्त्र तथा जातीय विभेदलाई खतम गर्नाको लागि नेकपा माओवादी केन्द्रले ठुलो सङ्घर्ष गरेको छ।देशमा माओवादी केन्द्र ले ठुलो परिवर्तन ल्याएको छ बिच बिचमा केही असामाजिक तत्त्वहरूको कारणले पार्टीले धोका पनि खाएको छ तर पनि माओवादी केन्द्रले देशको हक हितको लागि काम गर्नका लागि उचित निर्णय गरी सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ।
नेपालमा गणतन्त्र स्थापना गर्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) को योगदान महत्त्वपूर्ण रहेको l

गाउगाउमा सिंहदरबार पहुचाउनको लागि लिएको सङ्कल्पलाई पुरा गर्दै अगाडी बढी रहेको छ। नेपाल सेनाले पदपूर्ति गर्नाको लागि यसै बिचमा भर्ना खोलेको छ तर नेपाल को अल्पसङ्ख्यक मुस्लिम समुदायलाई बेवास्ता गरी अल्पसङ्ख्यक मुस्लिम समुदायको हक अधिकार खोस्ने काम गरी रहेको छ तर हामी आफ्नो‌ हक अधिकार पाउनको लागि सङ्घर्ष गर्छौ र कुनै न कुनै दिन हामी पक्कै पाउँछौ भन्दै खां‌ नेपालीले गुनासो समेत पोखेका थिए।

कार्यक्रम सञ्चालक विनय शर्मा तथा कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां,अब्दुल अजीज अन्सारी वसीम पठान, सलमान खान,युवा नेता जुम्मन खां ,प्रह्लाद यादव लगायतहरु को महत्त्वपूर्ण भूमिका रहेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार