एलपिएल-६ क्रिकेट प्रतियोगिताको हस्पिटल पार्टनरका रूपमा जोडियो सारथी अस्पताल

एलपिएल-६ क्रिकेट प्रतियोगिताको हस्पिटल पार्टनरका रूपमा जोडियो सारथी अस्पताल

धनगढी : लिटल फ्लावर प्रिमियर लिग–६ विद्यालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको अफिसियल हस्पीटल पार्टनरका रुपमा सारथी अस्पताल प्रा.लि सँग सम्झौता गरिएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स प्रा.लि र सारथी अस्पताल प्रा.लि बिच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

प्रतियोगिताको अफिसियल हस्पीटल पार्टनरका रुपमा रहेको सारथी अस्पतालले नगद ९० हजार सहित मेडिकल सामग्रीहरु सहयोग गर्ने लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स प्रा.लिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । यो प्रतियोगिता २०७३ सालदेखि प्रत्येक बर्ष सञ्चालन हुँदै आइरहेको छ ।

विगतका बर्षहरुमा १६ वटा टीमको यस प्रतियोगितामा सहभागिता हुँदै आएको थियो । भने यो बर्ष प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन र सहभागि विद्यालयहरुलाई उच्चतम् अवसर प्रदान गर्न १० टीमलाई सहभागि गराईएको आयोजकले जनाएको छ । सहभागि टीमलाई २ समूहमा विभाजन गरिने छ । एउटा विद्यालयको टीमले चार वटा लिग चरणै खेल खेल्न पाउने छ, जसबाट विद्यालयहरुभित्र लुकेर रहेका नव प्रतिभाहरु पहिचान गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता माघ दोस्रो सातादेखि धनगढीमा आयोजना हुने छ । कोभिड–१९ को त्रास कायमै रहेको वर्तमान अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्डको पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने आयोजक तथा लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स प्रा.लि का अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने छन । यस्तै उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट व्याट्स म्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाइको छ ।

प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार धनगढीको गुरुजी सटिङ एण्ड सुटिङले प्रयोजन गरेको जनाएको छ । यस्तै प्रतियोगिताको एजुकेशन पार्टनरमा कैलालीको गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की रहेको छ । यस्तै यस्तै केक पार्टनरको रुपमा आगन केक्स धनगढी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार