महिला हिंसा विरुद्धको अभियान ‘प्रहार’ द्वारा कुँवर सम्मानित

धनगढीः महिला हिंसा विरुद्धको अभियान ’प्रहार’ ले प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुवर लाई सम्मान गरेको छ ।

प्रहारले सोमबार आयोजना गरेको सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुवर लाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो ।

कुवरले आफ्नो व्यक्तिगत तर्फबाट र युवा परिषद्को कार्यकार उपाध्यक्षको भूमिका निर्वाह गरिसके पश्चात् समेत पटक पटक महिला हिंसा विरुद्धको अभियान ’प्रहार’ संस्थालाई सहयो गर्न तत्पर रहनुहुने भएकोले मुख्य सहयोग कर्ताका रुपमा आज समापन कार्यक्रमको अवसर पारि सम्मान गरिएको राष्ट्रिय गो जुरियो कराँते संघका महासचिव तथा प्रहारका अध्यक्ष, प्रशिक्षक प्रकाश चन्दले बताए ।

प्रहारले धनगढीमा आयोजना गरेको ७ दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सोमबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय गो जुरियो कराँते संघका महासचिव तथा प्रहारका अध्यक्ष, प्रशिक्षक प्रकाश चन्दको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि प्रदेश युवा परिषद्का अध्यक्ष युवराज कुवर रहनुभएको थियो ।

त्यस्तै, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य दुर्गा भण्डारी, सुदूरपश्चिम प्रदेश क्षेत्रीय खेलकुद विकास समिति का उपनिर्देशक सुदेश सागर जोशी, युवा नेता तथा खो खो खेलका प्रशिक्षक मनोज राई, बास्केटबल खेलका प्रशिक्षक तथा अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाह, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी, प्रेस चौतारी कैलालीका संयोजक भानुभक्त आचार्य, कराँते प्रशिक्षक केशव बडूवाल लगायत प्रशिक्षक, प्रशिक्षार्थी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार