भाषा आयोगले राना थारु भाषालाई छुटाएको भन्दै आन्दोलनमा उत्रिए रानाथारुहरु

काठमाडौँको माइती घर मण्डलामा विरोद्ध प्रदर्शन

भाषा आयोगको प्रतिवेदनप्रति असहमति जनाउदै रानाथारूहरू काठमाडौँमा प्रदर्शन गर्दै

काठमाडौँ : भाषा आयोगले सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा राना थारु भाषालाई छुटाएको भन्दै रानाथारुहरु आन्दोलनमा उत्रिएका छन् ।

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्लाका पहिलो आदिवासी राना थारु समुदायलाई आयोगले अन्याय गरेको भन्दै काठमाडौँको माइती घर मण्डलामा रानाथारुहरुले विरोद्ध प्रदर्शन गरेका हुन ।

रानाथारुको भाषिक अधिकार सुनिश्चितता गर, बिभेदकारी सिफारिस चाहिँदैन, पहिचान मेटाउन पाइँदैन । रानाथारु सुदूरपश्चिमको मुल आदिबासी हो आदि प्लेकार्ड देखाउदै शान्ति पूर्ण प्रदर्शन गरेका हुन । विरोद्ध प्रदर्शनमा पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाको समेत उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार