आज अपराह्न ४ बजे बाट संसद् अधिवेशन आह्वान, के होला कार्यसूची ?

सदनको अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान

Building of the Federal Parliament at New Baneshwor, Kathmandu.

काठमाडौँ : संघीय संसदका दुवै सदनको अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।

१९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाकाको पहिलो बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिने छ ।

जसमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन् ।

प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएमा सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनुपर्ने छ। यसअघिको अधिवेशन ३ साउनमा शुरु भएको थियो भने सोही ३२ गते अन्त्य भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार