कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालत

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

बागमती प्रदेशका नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य नरोत्तम वैद्यले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

कोरोना कारण देखाएर दायर गरिएको रिट बिहीबार सर्वोच्चले खारेज गरिदिएको हो ।सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको एक अधिवक्ताले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार