धनगढी स्थित निसर्ग हस्पिटलमा रहेको ग्लोबल बैंकको एटिएममा तोडफोडको प्रयास

हस्पिटल का स्टाफ हरू माथि समेत दुर्व्यवहार

निसर्ग हस्पिटल धनगढीमा रहेको ग्लोबल बैंकको एटिएममा दोस्रो पटक तोडफोडको प्रयास

धनगढी : धनगढी स्थित निसर्ग हस्पिटलमा रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा दोस्रो पटक तोडफोडको प्रयास गरिएको छ ।

बिहीबार राति करिब १०:१५ को समयमा उक्त एटिएममा तोडफोड को प्रयास गरिएको हो ।

निसर्ग हस्पिटलमा बिरामीको आफन्त बनी बिरामी भेट्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका व.डा न १ बस्ने धन ब शाहीका छोरा वर्ष २१ का भूपेन्द्र शाहीलाई एटिएम तोडफोड गरिरहेको अवस्थामा हस्पिटलको सेक्युरिटी गार्डको टोलीले रङ्गे हात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।

उनले मदिरा सेवन गरी आएको र हस्पिटल का स्टाफ हरू माथि समेत दुर्व्यवहार गरेको बताइएको छ ।

पक्राउ परेका शाहीबाट ४ हजार ६ सय २० नेपाली रुपैयाँ बरामद गरिएको छ । भने घटनाको थप अनुसन्धानको लागि शाहीलाई वडा प्रहरी कार्यालय धनगढी बाट खटिआएको प्रहरी इन्स्पेक्टरको टोलीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, केही दिनअगाडि मात्रै सोही एटिएममा राति १०:१५ कै समयमा चम्चा र डाडु प्रयोग गरी तोडफोडको प्रयास भएको हस्पिटल प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार