…उपनिवेश खडा हुन सक्छ, सार्वभौमिकता गर्ल्याम्म ढल्न सक्छ त्यसैले ‘नो एमसीसी’ : मन्त्री जोशी

Purna Joshi

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भए देशको सार्वभौमिकता गर्ल्याम्म ढल्न सक्ने बताएकी छिन् । बिहीबार राति सामाजिक सञ्जालमा लेख्दै मन्त्री जोशीले एमसीसी अनुमोदन भए देशको सार्वभौमिकता गर्ल्याम्म ढल्न सक्ने बताएकी हुन् ।

”सार्वभौमिकता, भूगोल र सीमासंग मात्र जोडिने सवाल होइन उनले सामाजिक सञ्जालमा लेख्दै भनिन’, ‘मुलुकको वित्तीय प्रणाली आफ्नो नियन्त्रणमा छैन भने भूगोलका सीमा छलेर पनि सजिलै उपनिवेश खडा हुन सक्छ र सार्वभौमिकता गर्ल्याम्म ढल्न सक्छ ।”

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार बिहान ९ बजे काठमाडौं ओर्लिएलगत्तै भेटघाटमा खटेको छ । सोही कुरालाई ध्यानमा राख्दै मन्त्री जोशीले पनि एमसीसीका बारेमा सामाजिक सञ्जालबाट आफ्नो धारणा व्यक्त गरेकी हुन् ।

एमसीसी देशको हितमा नभएको मन्त्री जोशीको दावी छ । एमसीसी र सरकारबीच सन् २०१६ मा हस्ताक्षर भए पनि दलहरूबीच सहमति हुन नसक्दा संसद्बाट अनुमोदन हुन सकेको छैन । सत्ता र प्रतिपक्षमा हुँदा दलका अभिव्यक्ति नै बदलिँदै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार