सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी: सुदूरपश्चिम प्रदेशमा आज १३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

प्रदेशभर एन्टिजेन र पीसीआर बिधिबाट ७ सय ३८ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।

बैतडी अस्पतालमा १२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको र महाकाली अस्पतालमा ६, बझाङ्ग अस्पतालमा ३ जनाको नमुना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

यस्तै प्रदेशभर एन्टिजेन बिधिबाट ७ यस १७ जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। आज प्रदेशभर १६ जनाले कोरोना जितेर घर फर्किएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार