बैतडीमा पनि स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

विद्यालयमा पठनपाठन

धनगढीः बैतडीमा स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो।

कोरोना संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य विग्रने भन्दै विद्यालय सञ्चालनमा ल्याइएका हुन्। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर विद्यालयहरुमा पठनपाठन भइरहेको स्थानीय तहहरुले जनाएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार