थारु समुदायको आपसी सद्भाव र उत्तरोत्तर प्रगतिको कामना सहित मन्त्री जोशीद्वारा अटवारी पर्वको शुभकामना

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले अटवारी पर्वका अवसरमा थारु समुदायलाई आपसी सद्भाव र सुदृढ सम्बन्ध स्थापित गर्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेकी छिन् ।

तराइका जिल्लाहरूमा चौधरी डगौरा समुदायले परापूर्व कालदेखि मनाउँदै आएको मौलिक साँकृतिक पर्व अटवारी पर्वका अवसरमा मन्त्री जोशीले सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिन् ।

साथै अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा समेत दिएको छ। भाद्र कृष्ण अष्टमी पछिको पहिलो आइतबारका दिनबाट दुई दिनसम्म यो पर्व हरितालिका तीज जस्तै गरी मनाइन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार