तीज कार्यक्रममा झडप, ७ जना घाइते

तीज कार्यक्रममा झडप, ७ जना घाइते

कञ्चनपुर : कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताए । उनका अनुसार कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारका लागि धनगढी ल्याइएको छ । कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका–१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । घटनामा संलग्न ८/१० जना फरार रहेकाले खोजी कार्य भइरहेको उनको भनाइ छ । तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबीच झडप भएको बुझिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार