आज देशभरको मौसममा बदली !

आज हल्कादेखि मध्यम वर्षाको आकलन

मौसम मनसुनी वायु पश्चिमी क्षेत्र

काठमाडौँ : आज देशभरको मौसममा बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण मौसममा बदली आएको छ । यसैको प्रभावले आज हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको हो ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति वाग्मती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बुधबार प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार