आईसीसी विश्व क्रिकेट लिग २, नेपाल र ओमान प्रतिस्पर्धा गर्दै !

खेल ओमानको घरेलु मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुने

आईसीसी विश्व क्रिकेट लिग– २ : नेपाल र ओमान प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार (आज) आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

सिरिज अन्तर्गत सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । ओमान लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।

नेपाललाई बलियो टिम ओमानविरुद्ध जित निकाल्न सहज भने छैन । उसले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । उसले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

नेपालले गत वर्ष लिग–२ को सिरिज अन्तर्गत नै घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेल नेपालले गुमाएको थियो ।

त्रिवि क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको पहिलो खेलमा नेपाललाई  १८ रनले हराएको ओमानले फेब्रुअरी ९ भएको दोस्रो भेटमा ८ विकेटको सहज जित हात पारेको थियो ।

नेपालविरुद्ध हाबी बन्दै आएको ओमान घरेलु मैदनमा पनि त्यसलाई निरन्तरता दिन चहान्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार