‘कोही-कोही खिचडी पकाउने कौडीमा खान खोज्छन् तर एमालेमा त्यस्तो हुँदैन’ : डा. भीम रावल

'स्वार्थी पदलोलुप्तहरुले आफ्नो भाग खोसिने चिन्ता गरेर अनेक हल्ला गरे'

डा. भीम रावल धनगढीमा

धनगढी : एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन हुने बताएका छन् । उनले केही स्वार्थी पदलोलुप्तहरुले आफ्नो भाग खोसिने चिन्ता गरेर अनेक हल्ला गरेको संकेत गरे ।

कोही कोही जन्ते ताउलोमा होइन खिचडी पकाउने कसौडीमा खान खोज्छन तर एमालेमा त्यस्तो हुँदैन मंगलबार धनगढी स्थित नेकपा (एमाले) को कार्यालयमा आयोजित कार्यक्रममा उनले भने ।

एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको हो उनले भने जनताको भावना, कम्यूनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे भएको हो । उनले मदन भण्डारीले उठाएको राष्ट्रबादको झण्डा आफूहरुले उठाइरहने बताए ।

फरक प्रसंगमा उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुट भन्दा सानो भएकोले धेरै यसपटक ठूलो समस्या नहुने वताए । एमाले छोडेर समाजवादी बनेको पार्टीले एमसीसी बारे आफ्नो धारणा किन ल्याएन, जनताको हीतमा छौ भन्नेहरु किन चुप छन् उनले प्रश्न गरे ।

समाजबादीमा लाग्न विकास योजना र पद दिन खोजिएको छ तर हामीहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट भएका होइनौ डा। रावलले भने कतिपयलाई काँग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन । रावल आफ्नो गृह जिल्ला अछाम सहितका जिल्ला भ्रमणका लागि धनगढी आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार