अपाङ्गता भएका बालबालिकालाई नेपाल बालसंगठन कैलालीद्धारा शैक्षिक सामाग्री वितरण

५७ औँ राष्ट्रिय बाल दिवस

नेपाल बालसंगठन कैलालीद्धारा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धनगढी : कैलाली बालसंगठनले अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। ‘सामान्य अवस्था वा कोभिड महामारी बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

सुदूरपश्चिम समावेशी आधारभूत विद्यालय गोदावरीका शारीरिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री तथा खाजा वितरण गरेको नेपाल बालसंगठन कैलालीका अध्यक्ष चूडामणि भट्टले बताए ।

बालसंगठनले बाल दिवसको अवसरमा माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरेको थियो । निबन्ध प्रतियोगिताका विजेता छात्र छात्राहरूलाई पुरस्कार र प्रमाण पत्र पनि वितरण गरिएको बालसंगठन कैलालीका अध्यक्ष चूडामणि भट्टले जानकारी दिए ।

नेपाल बालसंगठन कैलालीका अध्यक्ष भट्टको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल रहेका थिए भने कार्यक्रमको सञ्चालन सङ्गठनका सचिव हिक्मत रावलले गरेका थिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार