कैलालीमा बालबालिका हराउनेक्रम बढ्यो, पछिल्लो तीन वर्षमा ५०७ बालबालिका हराए

बालबालीका हराए
प्रतिकारात्मक तस्बिर

कैलाली : प्रविधिको विकाससंगै कैलालीमा बालबालिका हराउनेक्रम बढेको छ । पछिल्लो तीन वर्षमा यो जिल्लाबाट ५०७ बालबालिका हराएको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार विभिन्न समयमा हराएकामध्ये ४३४ जना बालबालिका फेला परेका छन् भने ७३ जना अझै फेला पर्न बाँकी रहेका छन् । फेला पर्न बाँकीमा २४ बालक र ४९ बालिका रहेको महिला तथा बालबालिका सेलले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ७२ बालक र १४२ बालिका गरी २१४ जना बालबालिका हराएका थिए । जसमध्ये ५५ बालक र १०४ जना बालिका भेटिएका छन् । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा ६१ बालक र ८७ बालिका गरी १४८ जना बालबालिका हराएका थिए । हराएकामध्ये ५६ बालक र ७६ बालिका फेला परेका छन् ।

गत आर्थिक वर्षमा यो जिल्लाबाट ४७ बालक र ९८ बालिका गरी १४५ जना बालबालिका हराएका थिए । जसमध्ये बालिका सबै फेला परेको र हराएकामध्ये दुई जना बालकमात्रै फेला नपरेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जानकारी दिएको छ । बाँकी १४३ जना सबै फेला परेका छन् ।

धेरै जसो बालबालिका प्रेम विवाह गएर भाग्ने गरेकाले प्रहरीमा हराएको उजुरी आउने गरेको महिला तथा बालबालिका सेलका खेमराज पन्तले बताए । कतिपय बालबालिका भने स–साना कुरामा अभिभावकसंग रिसाएर हराउने गरेको र फेरि सम्पर्कमा आउने गरेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार