शुक्रबार देशभरि १५ सय ५८ जना कोरोना संक्रमित

कोरोना अपडेट नेपाल

काठमाडौं : शुक्रबार देशभरि १ हजार ५ सय ५८ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ३ सय ८५ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज १० जना संक्रमितको मृत्यु भएको छ।

यस्तै, आज १ हजार ३ सय ५१ जनाले कोरोना जितेका छन्। हाल देशभर २५ हजार ४ सय ९७ जना संक्रिय संक्रमित रहेका छन्। आज देशभरि ६० हजार १ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार