कैलाली कञ्चनपुरका १३८ ठाउँमा जडान गरेका सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण

कैलाली कञ्चनपुरका १३८ ठाउँमा जडान गरेका सीसी क्यामरा प्रहरीलाई हस्तान्तरण

धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी र अत्तरियादेखि त्रिनगर भन्सार सम्म जडान गरेका सीसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आइतबार इलाका प्रहरी कार्यालय अत्तरियामा एक कार्यक्रमको आयोजना गरी मन्त्रालयले कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र अत्तरिया बजारदेखि त्रिनगर नाकासम्म जडान गरेका सीसी क्यामेरा प्रहरी लाई हस्तान्तरण गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले कैलाली कञ्चनपुरका १३८ ठाउँमा जडान गरेका सीसी क्यामराको विस्तृत जानकारी सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेललाई हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश सरकार अपराध तथा दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरिया बजारदेखि मोहन अत्तरिया छ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म १३८ स्थानमा सीसी क्यामेरा जडान गरिएको थियो ।

May be an image of २ people, people standing, indoor and text that says 'प्रदेश सरकार अपराध F9 दर्घटना त्यूनिकरण अभियान अन्तर्गत चिसापानी गडडाचौकी अत्तरिया त्रिनगर सि. .टि क्यामेरा) हस्तान्तरण णकार्यक्रम'

प्रदेश सरकारले जडान गरेको सीसी क्यामेराले आपराधिक क्रियाकलाप रोकिने अपेक्षा गरिएको छ । मन्त्री जोशीले सीसी क्यामरा जडानले आपराधिक क्रियाकलाप नियन्त्रण, सवार दुर्घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनाको दोषी पक्राउ गर्न सहज हुने विश्वास व्यक्त गर्नु भएको छ ।

May be an image of ३ people and people standing

सीसी क्यामेरा कैलाली कञ्चनपुरको बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको ठाउँ, राजमार्गमा धेरै व्यक्ति जमघट हुने चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार