कैलालीको गोदावरीमा राष्ट्रिय गोजुरियो कराँते दो संघको नयाँ दोजो उद्धघाटन

माउण्ट ओलिभ एकेडेमीमा आजदेखी राष्ट्रिय गोजुरियो काराते दो संघको नयाँ दोजो उद्धघाटन

कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको माउन्ट ओलिभ एकेडेमीमा राष्ट्रिय गोजुरियो काराते दो संघको नयाँ दोजो उद्धघाटन गरिएको छ ।

राष्ट्रिय गोजुरियो काराते दो सङ्घ नेपालको सहकार्यमा विद्यार्थीहरू लाई पडाइसँग सँगै स्वास्थ्य जीवनका लागि खेलकुदका गतिविधिमा जोड्न माउन्ट ओलिभ एकेडेमीमा आज देखी नयाँ दोजो उद्धघाटन गरिएको हो ।

विद्यालयमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बिच कराँते दो जोको वडा नं ३ का वडा अध्यक्ष मोहन खत्रीले उद्धघाटन गरेका हुन् ।

माउन्ट ओलिभ एकेडेमीका प्रिन्सिपल मनिष कैनीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा अध्यक्ष खत्री प्रमुख अतिथि रहनुभएको थियो भने राष्ट्रिय गोजुरियो काराते दो सङ्घ नेपालका महासचिव एवम् एसियन कराँतेका रेफ्रि प्रकाश चन्द विशिष्ट अतिथि रहनुभएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार