संविधान दिवस : कञ्चनपुरमा नेवि संघ सुदूरपश्चिम विश्वविद्यालय इकाई कमिटीले गर्‍यो दीप प्रज्वलन

कञ्चनपुरमा नेवि संघ सुदूरपश्चिम विश्वविद्यालय इकाई कमिटीले गर्‍यो दीप प्रज्वलन

कञ्चनपुर : आज आइतबार देशभर सँगै कञ्चनपुरमा पनि सातौँ संविधान दिवस मनाइएको छ । सो अवसरमा कञ्चनपुरमा केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्व विद्यालयमा संविधान दिवसका अवसरमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ ।

नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पस इकाई कमिटीले संविधान दिवसका अवसरमा दीप प्रज्वलन गर्दै नेपालको संविधान २०७२ जारी भएयता देशमा भएका उपलब्धि र संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल गरिएको कञ्चनपुर स्थित केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गतको नेपाल विद्यार्थी संघ इकाई कमिटीका विद्यार्थी नेता प्रेम रावलले जानकारी दिए ।

सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा गरिएको उक्त दीप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्व विद्यालय इकाई कमिटीका गजेन्द्र बम, रविन खड्का, अपिल ओझा, सुरेन्द्र विष्ट, खगेन्द्र प्रसाद जोशी, दीपक निरौला, रोहित दियाल, भुवन भट्ट लगायतको उपस्थिति रहेको नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पस इकाई कमिटीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार